-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छन् ।
सिजन मिडियाले मङ्गलबार आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उक्त उपाधि हासिल गरेकी हुन् ।
करुणा विक ‘फष्ट रनरअप’ भइन् भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन् ।
कार्यक्रमका उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।