arrow

टाइगर कप भलिबलको उपाधि पुलिस र टाइगर ग्रुपलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
gandaki-win-tigercup.jpg

पोखरा । पाचौँ टाइगर कप भलिबल प्रतियोगिता (पुरुषतर्फ) को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।आइतबार भएको फाइनलमा पुलिसले बलियो प्रतिद्वन्द्वी गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो । पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गण्डकीलाई सुम्पिएको थियो ।

दोस्रो सेटमा १२-१५ को अग्रतालाई उल्ट्याउँदै पुलिसले २५-२१ को जित निकालेको थियो । चौथो सेट २५-२२ ले जित निकाल्दै पुलिसले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

यता, महिला महिलातर्फको उपाधि पहिलो पटक आयोजक टाइगर ग्रुपले जितेको छ । आइतबार नै भएको फाइनल प्रतिस्पर्धामा टाइगर ग्रुपले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो ।

टाइगर ग्रुपले पहिलो सेट १७-२५ ले गुमाएको थियो । दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको टाइगर ग्रुपले तेस्रो सेट २१-२५ ले एपीएफलाई सुम्पिन पुग्यो । चौथो सेट २५-१६ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो ।

पाँचौं सेटमा निकै कडा प्रतिस्पर्धाका बीच टाइगर ग्रुपले १५-१३ को स्थितिमा जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो ।

प्रतियोगिता टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको हो । प्रतियोगिता विजेता दुवै टोलीले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

यसैगरी उपविजेता दुवै टोलीले दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुने दुवै टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ