arrow

इसेवाले व्यवसाय बढाउन चाहनेलाई ल्यायो तीस हजारदेखि दुई लाखको सजिलो ऋण सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
esewa-goodwill-finance-81.gif

काठमाडौँ । के तपाईले कहिल्यै सोच्नु भएको थियो, यदि तपाईको डिजिटल वालेटले तपाईलाई तत्काल ऋण उपलब्ध गराउने क्षमता राख्थ्यो भने कति सहज र सुविधाजनक हुन्थ्यो ? इसेवाले इजिलोनको साथ तपाईको यो सपनालाई केही महिना अघि यथार्थमा परिणत गरिसकेको छ ।
 
व्यवसाय संचालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रही आएको छ । 

त्यसैगरी ३० हजार जस्तो थोरै रकमको व्यवसायीक कर्जा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगरेको हुँदा साना तथा मझौला व्यवसायीहरूले आर्थिक समस्या भोग्दै आएका छन् । इजी लोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इसेवा एजेन्टहरुको भनाइ रहेको छ ।

यसै सहजतालाई अझ थप सहज बनाउन इसेवा र गुडविल फाइनान्सबीच सहकार्य भएको छ । इसेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब ३० हजारदेखि २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने भएको छ ।

इजीलोन सुविधाका साथ इसेवाले वित्तीय प्रविधिको क्षेत्रमा भित्र्याएको नयाँ आयामले अर्को दिशा पाएको छ । 

साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्यनजर गर्दै इसेवाले इजीलोनको शुरूआत गरेको थियो भने अबको यो कदमले एजेन्टहरुलाई झन् धेरै सहज बनाएकोमा इसेवाका वित्तीय सेवाका हेम घिमिरे विश्वस्त रहेका छन् । 

व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस इजीलोनले मर्चेन्टहरुको जीवनलाई थप सहज र धेरै हदसम्म तनाव मुक्त बनाउने उनको भनाई रहेको छ । त्यसैगरी इजीलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएकोे र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै इजी लोन एजेन्टहरूको व्यावसायिक सफलताको लागि तयार पारेका कुरामासमेत जोड दिए । 

इसेवाबारे
इसेवा लि. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनीमा नेपालकै अग्रणी स्थानमा रहेको एफवान सफ्ट इन्टरनेशनलको एक सहायक कम्पनीको रुपमा सुरु भएको इसेवाले सन् २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ ।  

हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा लि., शहरी केन्द्रमा मात्र सीमित नभएर हाल यस कम्पनीको उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू अवस्थित रहेको छ । 

मोबाइल टपअप बाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्स्योरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इ स्पिकर , मर्चेन्ट लिङक सुविधा दिँदै आएको छ । (इसेवाबाट प्राप्त सूचना)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ