arrow

जनकपुर परिषद्को निर्देशकमा पासवान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
sitlahar-janakpur.jpg

जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ ।

विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट चारवर्षे कार्यकालका लागि पासवानलाई नियुक्त गरिएको परिषद्ले जनाएको हो । 

परिषद्को ऐनको दफा १७ (१) बमोजिम चार वर्षका लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शीतल साहले जानकारी दिए ।

पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका–१ सनुखरा निवासी हुन् । 

जनकपुरधामसहित महोत्तरी र मिथिला माध्यमिकी परिक्रमा क्षेत्रभित्रका सीमावर्ती विभिन्न पालिकाका धार्मिक सम्पदा, धरोहरहरुको संरक्षण संवद्र्धनका लागि संस्थापक कांग्रेसका तत्कालीन नेता महेन्द्रनारायण निधिको नेतृत्वमा गठन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ