देशमा पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन यस्तो रहनेछ मौसम
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
770
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाद्वारा जारी आगामी तीन दिनको मौसम पूर्वानुमानका अनुसार आज कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
सोमबार देशभरका हिमाली क्षेत्रमा आंशिक बदली रही पहाडी क्षेत्रमा आंशिक बदली रहने छ । तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ । राती हिमाली क्षेत्रमा मुख्यतया सफा रहने छ ।
मंगलबार कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा फाटफुट देखि हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।