arrow

पाण्डवेश्वर मन्दिरको अवलोकन गरे प्रचण्डले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
prachanda-pandabeshwor-mand.jpg

लसीपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् ।

उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ । 

सोही क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए । साथै सोही क्रममा उनले स्थानीयसँग भेटघाट गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ