arrow

ट्रम्पको नीतिले ‘सिजेरियन डेलिभरी’ गर्ने बढे, २० फेब्रुअरीपछि पाउँदैनन् जन्मजात नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
donald-trump-oath-25-2nd.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकामा समय भन्दा अगाडि नै सिजेरियन गरेर बच्चा जन्माउने क्रम ह्वात्तै बढेको छ । यसअघि जन्मजात  नागरिकता पाउने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्य गर्ने निर्णय गरेसँगै अहिले सिजेरियन डेलिभरी गर्ने होड बढेको हो । 

टाइम्स अफ इन्डियाका अनुसार भारतीय मूल्की एक स्त्री रोग विशेषज्ञका अनुसार गर्भवती महिलाहरुका समयभन्दा अगाडि नै बच्चा जन्माउन शल्यक्रिया गर्नका लागि धेरैले चाहेका छन् ।  

खासमा राष्ट्रपति ट्रम्पले जन्मजात नागरिकताको अधिकार समाप्त गर्ने निर्णय गरेसँगै अवैध आप्रवासीहरु तनावमा छन् । 

ट्रम्पले यो आदेश लागू गर्न ३० दिनको समय दिएका छन् । जसका कारण आगामी फेब्रुअरी १९ सम्म यो सीमा पूरा हुनेछ ।

अर्थात् फेब्रुअरी १९ सम्म अमेरिकामा जन्मेका गैरअमेरिकी दम्पत्तिको बच्चाको जन्मजात नागरिकता पाउने अधिकार हुनेछ भने त्यसपछि यो नियम लागू भएसँगै त्यसपछि जन्मने गैर अमेरिकी नागरिकको सन्तान अमेरिकी हुने छैनन् । 

ट्रम्पको यो कठोर आप्रवासी नीतिले धेरैको निद्रा हराम गरेको छ । कतिपय नेपाली गर्भवती अमेरिकामा गएर बच्चा पाएर फर्कने गरेका छन् । 

उनीहरु भाग्यमानी भए पनि २० फेब्रुअरीदेखि भने त्यो प्रक्रियाले बच्चा अमेरिकामा जन्मदैमा अमेरिकी नागरिक बन्न सक्ने छैनन् । 

जसका हजुरबुबा जर्मन र आमा स्कटिश नागरिक थिए उनै ट्रम्पको कठोर आप्रवासी नीति 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ