arrow

सल्लाघारीमा कन्सर्ट गर्दै सुशान्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
sushant-kc-concert.jpg

काठमाडौँ । चर्चित गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने पक्का भएको छ ।

सुशान्तले फागुन २४ गते शनिबार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । बार्दली, सारङ्गी, साथी र आमा जस्ता हिट गीतका लागि चर्चित सुशान्तले कन्सर्टमा पुराना हिट गीतहरूसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।

उक्त कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले लामो समयपछि काठमाडौँ उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । 

उनले भने, ‘काठमाडौँमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो । समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु ।’

कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । आयोजकका अनुसार टिकटको माग उच्च रहने भएकाले समयमै बुकिङ गर्न आग्रह गरिएको छ ।

सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनेछन् । उनले भने, ‘यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरिरहेको थिएँ ।’

कन्सर्टका लागि टिकट मूल्य साधारण ९९०, फ्यानपिट १४९९, भीआईपी २४९९ रुपैयाँ तोकिएको छ । खल्ती एपले आइतबारदेखि नै टिकट बिक्री शुरु भइसकेको जनाएको छ ।

आयोजकले कन्सर्टमा करिब १५,००० दर्शक उपस्थित हुने अपेक्षा गरेको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।

एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने यस कन्सर्टलाई भव्य बनाउन विभिन्न व्यवस्थाहरू मिलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ