कान्तिपुर सिटी कलेजद्वारा अन्तर्राष्ट्रिय सम्मेलन “आईसीएआईई २०२५” सफलतापूर्वक सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
475
Shares
काठमाडौँ । कान्तिपुर सिटी कलेजले अन्तर्राष्ट्रिय सम्मेलन “आर्टिफिसियल इन्टेलिजेन्स र इन्जिनियरिङ (आईएसीएआईई २०२५): चुनौती र अवसरहरू” सफलतापूर्वक आयोजना गर्यो। सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को महत्त्व, यसको इन्जिनियरिङ क्षेत्रमा प्रयोग, तथा दिगो विकासमा यसले पुर्याउने योगदानका विषयमा चर्चा गर्यो।
कार्यक्रमको उद्घाटन कान्तिपुर सिटी कलेजका प्रिन्सिपल तथा कार्यक्रम अध्यक्ष राजु कट्टेलले गरे । उद्घाटन समारोहमा ई दिपेश बिष्ट सरकारका ई-गभर्नेन्स आयोग सदस्य सचिव, लभ्ली प्रोफेशनल युनिभर्सिटीका एसोसिएट डिन प्राडा दीपक प्रसार, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, कान्तिपुर सिटी कलेजका अध्यक्ष सुमन कटवाल, कान्तिपुर सिटी कलेजका उपप्रिन्सिपल भानुभक्त निरौला, आईसीएआईई २०२५ का संयोजक डा. दीपक विक्रम थापा क्षेत्रीलगायत अतिथिहरुले सम्बोधन गरेका थिए ।
प्रा.डा. दीपक प्रसारले “साइबर सुरक्षाका लागि एआईको भूमिका: विकासशील देशहरूको चुनौती र सम्भावना” विषयमा प्रमुख मन्तव्य प्रस्तुत गरे । उनले एआईको महत्त्वपूर्ण भूमिका, विशेष गरी साइबर सुरक्षा र खतरा पहिचानमा प्रकाश पारे ।
सम्मेलनमा दुईवटा निम्तोका प्रा.डा. सुदन झा: “डिजिटल पूर्वाधारको अभाव, दक्ष जनशक्तिको कमी र एआई प्रयोगका नैतिक चुनौतीहरू” र डा. ऋतु राज लम्साल: “इन्जिनियरिङमा एआई र आइओटीको समन्वय: नेपालमा प्रयोगका अवसर र चुनौतीहरू” विषयक प्रस्तुतीकरणहरू पनि भए ।
यी प्रस्तुतीकरणहरूले नेपालमा डिजिटल पूर्वाधारको विस्तार र एआई तथा प्रविधि समायोजनको महत्त्वलाई उजागर गरे। पहिलो प्रस्तुतीकरण सत्र प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा सम्पन्न भयो।
डा. दीपक विक्रम थापा क्षेत्री: “दिगो विकासका लागि एआई: इन्जिनियरिङका चुनौती र समाधान” र मुकेश घिमिरे, पीएचडी: “नवीकरणीय उर्जाको प्रवर्द्धन र नेपालका उर्जा क्षेत्रमा एआईको सम्भावित प्रयोग” विषयक प्रस्तुतीकरण दिए । उनीहरूले जलवायु परिवर्तन, प्रकोप व्यवस्थापन, र उर्जाको दिगो विकासमा एआईको भूमिकालाई विशेष जोड दिए।
दोस्रो सत्रमा प्रा. डा. गजेन्द्र शर्माको अध्यक्षतामा रमेश पराजुलीले “फोहोर व्यवस्थापनको लागि आइओटी र एआईको समायोजन” र श्रीदीप रायमाझीले “विकासशील देशहरूका लागि एआईको सम्भावना र चुनौतीहरू” विषयमा प्रस्तुतीकरण गरे । पराजुलीले फोहोर व्यवस्थापन र एआईका अवसर तथा चुनौतीहरूमा ध्यान केन्द्रित गरे। रायमाझीले एआईबारे सचेतना फैलाउनु, डर हटाउनु, र यसलाई दिगो बनाउने उपायहरूमा चर्चा गरे ।
त्यस्तै प्यानल छलफल कार्यक्रमको मुख्य आकर्षण थियो। छलफलको संयोजन विवेक एस. राणा (डिजिटल इन्टरप्राइज आर्किटेक्ट, सेन्टर फर एआई डिजिटल पोलिसी, अमेरिका) ले गरे ।
डा. सुरेश मानन्धर, सीईओ, विसेयाक, अनिल कुमार दत्त, सहसचिव, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र डा. मनोज शाक्य, सहायक प्राध्यापक, काठमाडौं विश्वविद्यालयले गरेको
छलफलले नेपालमा एआईको विकास, डेटा सुरक्षाको समस्या, ग्रामीण क्षेत्रलाई एआईमा समावेश गर्ने, र विकासशील देशहरूको सन्दर्भमा नीतिगत पक्षलाई सम्बोधन गर्यो।