arrow

देशभर पश्चिमी वायुको प्रभाव : यस्तो रहनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

न्युनचापीय प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम यति बेला आंशिक बदली छ । तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ । 

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ