arrow

प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भुसाललाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
bhisma-kumar-bhusal.jpg

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भूसाललाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको छ।

उनलाई यही माघ ४ गते गृहमन्त्री स्तरको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो।

गत पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ