arrow

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
los-angels-fire.jpg

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन् । 

अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको भीषण डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको बताएको छ । 

१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट गरेको छ । स्थानीय अधिकारीहरूले डढेलोसँग सम्बन्धित कम्तीमा २६ जना अझै पनि बेपत्ता छन् । 

क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर) काअनुसार बुधबार बिहानसम्म दुई प्रमुख जङ्गली आगो, इटन र प्यालिसेड्स क्रमशः ४५ प्रतिशत र १९ प्रतिशत मात्र नियन्त्रणमा आएका थिए । 

गत हप्ता मंगलबार साँझ लागेको घातक इटन आगलागीले अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ । लस एन्जलस क्षेत्रको सबैभन्दा ठुलो सक्रिय जङ्गली आगो, प्यालिसेड्स आगलागीले एक हप्तामा २३ हजार ७१३ एकड (९५.९६ वर्ग किलोमिटर) जलाइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ