arrow

देशमा न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । 

काठमाडौँ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

भोलि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। राती सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ