arrow

बालेनले भूमि सम्बन्धी अध्यादेशमा दिए सरकारलाई दनक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
balen-81-10-2.jpg

काठमाडौँ । सरकारले भूमि सम्बन्धी अध्यादेश लागू गरेपछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ । यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले राष्ट्रपतिले जारी गरेको सो अध्यादेशका बारेमा ब्यंग्य हानेका छन् ।

‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’, सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिर राखेर मेयर साहले ब्यंग्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि चार ओटामात्र अध्यादेश जारी गरेका राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वस्त पारेपछि मात्र राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेको खुलेको छ । 

२६ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धीसहित पाँच अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

२९ पुसमा राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ र लगानीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका थिए । 

मंगलबार राष्ट्रपतिले पौडेलले माघी पर्व मनाउने क्रममा प्रधानमन्त्री ओलीदेखि लिएर पूर्व राष्ट्रपतिहरु, पूर्व प्रधानमन्त्रीहरु एवं हालका मन्त्रीहरु एवं नेताहरुलाई राष्ट्रपति कार्यालयमा स्वागत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ