‘डाकु महाराज’ अगाडि लाग्यो, रामचरणको गेम चेञ्जरलाई झड्का
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
949
Shares
मुम्बई । बक्स अफिसमा दुई फिल्मबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै फिल्म साउथका हुन् । एउटा फिल्म गेम चेन्जर र अर्को फिल्म हो– डाकु महाराज । साउथका उत्कृष्ट स्टार मानिने अभिनेता नन्दमुरी बालकृष्णको फिल्म डाकु महाराजले बक्स अफिसमा अचम्मको व्यापार गरिरहेको छ ।
फिल्मले रिलिजको पहिलो दुई दिनमा करिब ४० करोडको व्यापार गरेर दर्शकलाई चकित बनाएको छ । मकर संक्रान्तिको बिदामा चलचित्रले बढी नाफा कमाउने बताइएको छ ।
डाकु महाराज आइतबार नै रिलिज भएको फिल्मले पहिलो दिन नै करिब २५ करोड ३५ लाख कमाएको थियो भने दोस्रो दिन १३.८ करोड कमाएको छ र यसको कुल कमाई लगभग ४० करोड भएको छ।
सो फिल्मलाई लिएर निकै सकारात्मक प्रतिक्रिया आइरहेको कारण दक्षिण दर्शक फिल्म हेर्न आउने गरेको बताइएको छ । बबी कोलीको निर्देशनमा बनेको यो एक्सन फिल्म रामचरणको भर्खरै रिलिज भएको गेम चेन्जरको तुलनामा कम आंकलन गरिएको थियो ।
किनभने यसको धेरै प्रचार गरिएको थिएन। यद्यपि गेम चेन्जरको बजेट डाकु महाराजको भन्दा धेरै थियो, तर पनि डाकु महाराजले दुई दिनमै राम्रो कमाई गरेर बक्स अफिसको खेल नै बदलिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिल्ममा नन्दमुरी बालकृष्ण बाहेक बबी देओल, श्रद्धा श्रीनाथ, प्रज्ञा जैसवाल र मार्कण्ड देशपांडेको अभिनय रहेको छ । तर यस्तो अवस्थामा नन्दमुरी बालकृष्णको यो एक्सन थ्रिलर धेरै कमाई गर्न सफल भएको छ ।
कमाईको क्रम यस्तै रह्यो भने फिल्मले एक हप्तामा सय करोड कमाउन सक्ने अहिले नै बताइएको छ । फिल्ममा डकैत राजाको भूमिका निभाएका बालकृष्णको यो १०९औँ फिल्म हो ।
चलचित्रको कथा एक आम मानिस चम्बलको डाँकु बन्ने यात्रासँग जोडिएको छ ।