शिक्षकलाई यी विषयमा दिइँदैछ प्रतिस्पर्धा गराइ दुई लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
918
Shares
काठमाडौँ । शिक्षकहरुलाई प्रोत्साहित गर्न देशव्यापी प्रतिस्पर्धामा सहभागी गराइ पुरस्कार दिइने भएको छ । देशका कर्णधारको भविष्य बनाउन मद्दत गर्ने शिक्षकलाई प्रोत्साहन गर्न भिपी अग्रवाल फाउन्डेसनले पुरस्कार प्रदान गर्न लागेको हो ।
आयोजकले नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा प्रवेशिका परीक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका माध्यामिक तहका शिक्षकलाई प्रोत्साहन गर्न यसरी पुरस्कार दिन लागिएको जनाएको छ ।
प्राडा भिपी अग्रवालको नाममा स्थापना गरिएको भिपी अग्रवाल साइन्स फाउन्डेसनले देशभरका शिक्षकबाट पुरस्कार वितरण गर्न लागेको छ । माघ महिनामा वितरण गरिने पुरस्कारको लागि ७ वटा आधार तय गरिएको छ ।
फाउन्डेसनले सार्वजनिक सूचना प्रकाशित गरी यो पुरस्कारको राशि २ लाख २२ हजार २२२ रुपैयाँ रहेको जनाएको छ । सबै प्रदेशका शिक्षक समावेश हुने गरी पुरस्कार वितरण गर्न लागिएको फाउन्डेसनले जनाएको छ । प्रत्येक विषयबाट एक/एक जना गरी पाँच विषयका ५ जना शिक्षक पुरस्कृत गर्न लागिएकोसमेत फाउन्डेसनको भनाइ छ ।
पहिलो चरणमा प्रत्येक विषयमा उत्कृष्ट ३ जनालाई छनोट गरिने र तीन जनाको प्रस्तुति समेतका आधारमा उत्कृष्ट विषय शिक्षक छनोट गरी पुरस्कृत गरिने भएको छ ।
कस्तो छ मापदण्ड ?
पुरस्कारका लागि आवेदन दिन विभिन्न मापदण्ड राखिएको छ । योग्यता पुगेका सार्वजनिक विद्यालयका शिक्षकहरूले www.vpagrawalsciencefoundation.org.np पोर्टलमा गई आवेदन दिन सूचना जारी गरेको छ ।
सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरिएको छ । यस्ता छन् मापदण्डः
१ सम्बन्धित विद्यालयको स्थायी शिक्षक वा कम्तीमा पाँच वर्ष निरन्तर काम गरेको करार वा राहत कोटामा काम गरेको शिक्षक हुनु पर्ने ।
२ सम्बन्धित विषयमा पछिल्लो दुई वर्षको विषयगत नतिजामा कम्तीमा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको ।
३ विद्यालयको समग्र उत्तीर्ण नतिजा आवेदन वर्षहरूमा कम्तिमा ३५ प्रतिशत भएको ।
४ हिमाली र पहाड़ी जिल्लामा कम्तीमा २० जना, तराई र काठमाडौं उपत्यकामा कम्तीमा ३० जना विद्यार्थी परीक्षामा सहभागी भएको ।
५ आवेदन अवधिमा कुनै असाधारण बिदा नलिएको, सट्टा शिक्षक नराखेको, भ्रष्टाचार र फौजदारी अभियोग लागेको र कुनै विभागीय कारवाही भएको हुन नहुने ।
६ यस प्रयोजनका लागि सी ग्रेडसम्म ल्याएकोलाई मान्यता दिइने ।