arrow

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
anilkumar-pokharel-thag.jpg

काठमाडौँ ।   सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले पूर्व स्वकीय सचिव पोखरेललाई बिहीबार बिहान विराटनगरबाट पक्राउ गरेको हो ।

अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी छ ।  ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको थियो ।

केही दिनअघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव अनिललाई पक्राउ पर्ने पक्का भएपछि बर्खास्त गरेका थिए । यता सहकारी ठगीमा फरार पत्नी अञ्जला कोइराला हिजो अदालतमा हाजिर भएकी थिइन् भने  अदालतमा उपस्थित हुनासाथ धरौटीमा रिहा भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ