लक्ष्मी सन्राइज बैङ्कको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस शेयर वितरणको निर्णय
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
693
Shares
काठमाडौँ। लक्ष्मी सन्राइज बैङ्क लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा पौष २४ गते काठमाडौँमा सम्पन्न भयो। सभाले बैङ्कको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दै बैङ्कको चुक्ता पुँजीलाई रु २४ अर्ब ३४ करोड पुर्याएको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ति पनि गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा लक्ष्मी सन्राइज बैङ्कले रु ३३३ अर्ब निक्षेप सङ्कलन तथा रु २५८ अर्ब कर्जा प्रवाह गरेको थियो। बैङ्कको वासलातको आकार रु ३९५ अर्ब पुगेको छ भने सोही अवधिमा बैङ्कले रु २ अर्ब ९२ करोड खुद मुनाफा आर्जन गरेको छ।
बैङ्कले आगामी दिनहरूमा पनि आफ्नो वित्तीय सेवा प्रवाहलाई अझ सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।