arrow

खराब मौसमले अमेरिकामा त्रास, १० वर्षकै ठूलो हिमपात, सात राज्यमा उच्च सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
usa-snowfall-2025.jpg

न्यूयोर्क । अमेरिकामा आइतबारदेखि आएको भीषण हिमआँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ । यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले ७ राज्यमा उच्च सतर्कता घोषणा गरिएको हो । 

जसअनुसार अमेरिकाले उच्च सर्तकता घोषणा गरेका ७ वटा राज्यहरूमा केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास र मिसौरीमा रहेका छन् ।

अमेरिकाको राष्ट्रिय मौसम विभागले यो आँधीले अमेरिकाका ६ करोडभन्दा बढी मानिसको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित पार्न सक्ने जनाइएको छ । यतिखेर सामान्यतया न्यानो मौसम हुने फ्लोरिडामा पनि भारी हिमपात भइरहेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार कन्सास र मिसौरी राज्यका लागि विशेष चेतावनी जारी गरिएको छ। राष्ट्रिय मौसम विभागका अनुसार यी दुई राज्यका धेरै क्षेत्रमा ८ इन्चसम्म हिमपात हुनसक्ने देखिएको छ भने अहिले पनि यहाँ ७२ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।

ध्रुवीय भोर्टेक्स नै अमेरिकामा भइरहेको यो हिम तूफानको मुख्य कारण मानिन्छ। ध्रुवीय भोर्टेक्सहरू घडीको उल्टो दिशामा बग्छन् । ध्रुवीय भोर्टेक्स र यसको भौगोलिक संरचनाको कारण सामान्यतया उत्तरी ध्रुव वरिपरि घुमिरहन्छ । तर जब यो दक्षिणतिर सर्छ तब यसले अमेरिका, युरोप र एसियामा कडा चिसो ल्याउन शुरू गर्छ ।  

अहिले अमेरिकामा पनि भइरहेको हो । मौसम विज्ञहरूका अनुसार यी ध्रुवीय हावाले युरोप र एसियामा पनि उड्ने भएकाले सो क्षेत्रमा पनि चिसो बढ्ने र हिमपात हुने जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ