arrow

बुद्धभूमिमा निःशुल्क आँखा शिविर, नौ सय लाभान्वित

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ पुष १३ शनिबार
eye-camp-kapilvastu-81.jpg

कपिलवस्तु ।  बुद्धभूमि नगरपालिकामा भएको शल्यक्रियासहितको दुई दिने निःशुल्क आँखा शिविरबाट ९ सय २४ जना लाभान्वित भएका छन् । 

बुधबार र बिहीबार भएको उक्त शिविरमा ९२४ जनाको आँखा चेकजाँच गरी आवश्यकता अनुसार औषधी वितरण गरिएको छन्द ’कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजका  कार्यक्रम संयोजक हरि भण्डारीले जानकारी दिए ।

दुई दिनको अवधिमा मोतियाविन्दुको समस्या भएका २ सय जनाको निःशुल्क अप्रेसन गरिएको उनले जानकारी दिए ।  अप्रेसन पश्चात उनीहरुलाई औषधी र चस्मासमेत वितरण गरिएको उनले जानकारी दिए ।

नगरप्रमुख केशवकुमार श्रेष्ठले नगरपालिकाभित्र कोही पनि आँखाको समस्याले दृष्टिविहीन हुन नपरोस् भन्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको र त्यसले सार्थकता पाएको बताए । 

उनले आर्थिक स्थिति कमजोर भई तथा वृद्ध अवस्थाका कारण अस्पतालमै जान नसक्ने नगरवासीले शिविरको फाइदा लिएको बताए । आँखा शिविरलाई विगतदेखि नै नगरपालिकाले प्राथमिकता दिँदै नगरका विभिन्न स्थानमा निरन्तर रुपमा संचालन गर्दै आएको उनले बताए ।

सेवाग्राहीले मोतियाविन्दुको निःशुल्क अप्रेशन गरेर आँखाको दृष्टि फर्कदाँ नयाँ संसार देख्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए । आँखा देख्न नसक्दा हरेक क्षण समस्या झेल्नुपर्ने बाध्यात्मक अवस्थाको अब अन्त्य भएकाले बुढ्यौलीमा आँखा देख्न पाउँदा संसार नै उज्यालो भएको उनीहरुको भनाइ छ ।

बुद्धभूमि नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजद्वारा संचालित छन्द ’कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ