arrow

पिकेमा चन्द्रकलाको नेतृत्वमा नेविसंघको इकाइ गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
nebisangh-pk-ekai.jpg

काठमाडौँ । पद्मकन्या क्याम्पस (पिके) नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाइमा नयाँ नेतृत्व चयन गरिएको छ । चन्द्रकला तामाङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

शुक्रबार कलेजमा आयोजित भेलाले वरिष्ठ उपाध्यक्षमा दीक्षा बडू, उपाध्यक्षमा रिंकी मेहता र कविता गौतम, सचिवमा संकल्पिका थापा, सन्ध्या बस्याल, श्रद्धा थापा चयन भएका छन् ।

सहसचिवमा अस्मिता विश्वकर्मा, कृतिका बराल, ममता पुजारा, कोषाध्यक्षमा चेतना नहर्की र सहकोषाध्यक्षमा उर्वशी पाण्डे चयन भएकी छिन् । 

शुक्रबार बनेको नयाँ समिति सर्वसम्मत रूपमा बनेको पद्मकन्या क्याम्पसको नेविसंघ पूर्वसभापति लक्ष्मी दाहालले जानकारी गराइन् । संघको कार्यसमिति सक्रिय नभएकाले नयाँ समिति गठन गरिएको दाहालको भनाइ छ । 

नयाँ कार्यसमितिमा पार्टी महामन्त्री गगन थापा निकटका विद्यार्थीहरू परेका छन् । यसअघि पद्मकन्यामा सगुन कँडेलको नेतृत्वको कार्यसमिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ