पुष्पाः २ टिमले भागदौडमा ज्यान गुमाएकीको परिवारलाई दुई करोड दियो
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
759
Shares
तस्बिर – फाइल ।
हैदराबाद । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’ को विशेष स्क्रिनिङमा भएको भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिइएको छ ।
यही महिना हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएकी ३५ वर्षीया महिलाको परिवारलाई २ करोड रुपैयाँ दिइएको हो । अभिनेता अल्लु अर्जुनका तर्फबाट एक करोड, निर्देशकबाट ५० लाख तथा निर्माताका तर्फबाट ५० लाख रुपैयाँ पीडित परिवारलाई दिइएको हो ।
‘उक्त रकमले परिवारको लागि क्षतिपूर्तिको उपायको रूपमा काम गर्नेछ,’ श्री अरविन्दले भने, ‘यो रकम महिलाको ८ वर्षीय छोरा श्रीतेजको भविष्य सुरक्षित गर्न पनि हो, जसले गम्भीर चोटपटक भोग्नुपरेको थियो र उपचार भइरहेको छ ।’
‘पीडित परिवार र हामी बीचको मध्यस्थताको लागि दिल राजुप्रति आभारी छौं,’ उनले भने ।
अभिनेताका बुबाले पनि बालकको उपचार गर्ने डाक्टरहरूसँग कुरा गरेको र बच्चा निको भइसकेको जनाएका छन् । ‘अहिले भेन्टिलेटरबाट हटाइएको छ र उनी आफैँ सास फेर्न सक्ने भएको खबर सुन्न पाउँदा हामी खुसी छौं। डाक्टरहरू सकारात्मक छन्, उनी छिट्टै हामीसँगै हिँड्ने छन् भन्ने कामना गर्दछौं, यो हाम्रो विश्वास र हाम्रो प्रार्थना हो।’
पुष्पा २ ले भारतीय चलचित्रमै तहल्का पिटेको छ । अल्लुलाई भने तनाव भएको छ । उनलाई यसअघि प्रहरीले एक दिन थुनामा राखेको थियो भने यसै सातामात्र साढे ३ घण्टा बयान लिएको थियो ।
मृतकका पतिले यसअघि नै अल्लुको कुनै दोष नभएको भन्दै कुनै आरोप लगाउन आग्रह गरिसकेका छन् ।