काठमाडौँ । आउँदो पुस १० गते बुधबार राजधानीको बौद्ध तुसालमार्गस्थित ह्यात ग्राउण्डमा हुने ‘सोनु निगम लाईभ इन नेपाल’ कार्यक्रमका लागि धमाधम स्टेज बनाइँदैछ ।
क्रिसमस डेको अवसर पारेर मा पुस १० गते उक्त कन्सर्ट हुन लागेको हो । नेपाली–टच नेपालले गर्न लागेको कन्सर्टका लागि तयारी तीव्र भइरहेको आयोजकले जनाएको छ । सोनु बुधबार नै काठमाडौँ ओर्लने छन् । तस्बिर– रासस