काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा बढी विकेट जनकपुर बोल्ट्सका ललित राजबंशीले लिएका छन् । उनले अहिलेसम्म १६ विकेट लिएका छन् ।
दोस्रो नम्बरमा सुदूरपश्चिम रोयल्सका स्कट कुजेलेएिनले पनि १६ विकेट नै लिएका छन् । दुवै खेलाडी आजको फाइनलमा पनि खेल्ने भएकाले कसले बढी विकेट लिने हो त्यो भने हेर्न बाँकी रहेको छ ।
उता चितवन राइनोजका शोहेल तन्भिर र रिजन ढकालले क्रमशः १४ र १३ विकेट लिएका छन् । उनीहरुको तेस्रो र चौथो स्थान सुनिश्चित भइसकेको छ।