arrow

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्छन् नीशम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
highesr-run-npl.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्टस र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । 

जनकपुर बोल्टसलाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदुरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टसबीच प्रतिस्पर्धा हुँदैछ । 

दिउँसो १२ः३० देखि खेल शुरु हुनेछ । एनपीएलका यसअघिका खेलमा सबैभन्दा बढी चितवन राइनोजका रवि बोपाराले २८६ रन बनाएका छन् भने उनी भन्दा केही मात्र पछि रहेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले २७९ रन जोड्न सफल भएका छन् ।

फाइनल खेल्दै गरेका जनकपुर बोल्ट्सका जेम्स नीशम २४३ रन बनाएर तेस्रो स्थानमा छन् भने पोखरा एभेन्जर्सका एन्डिज गोसले २२४ रन बनाएर चौथो स्थानमा छन् । 

तीन खेलाडीहरुले अन्तिम खेल खेलिसकेको अवस्थामा जनकपुरका नीशमले आज पनि खेल्ने भएकाले जारी एनपीएलमा सर्वाधिक रन जोड्ने खेलाडीमा दरिन सक्छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ