arrow

अभिषेक–ऐश्वर्या सँगसँगै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
abhisekh-aishwarya-24.jpg

मुम्बई । हालै सामाजिक सञ्जालमा ऐश्वर्या राय र अभिषेक बच्चनका धेरै भिडियोहरु आएका छन् । यो जोडीका पछिल्लो भिडियोहरु सार्वजनिक हुने बित्तिकै उनीहरु भाइरल भएका छन् । यी भिडियोहरू दम्पतीकी छोरी आराध्याको वार्षिक समारोहका थिए, जसमा बच्चन परिवार सहभागी भएको थियो।

यस क्रममा ऐश्वर्या र अभिषेक मात्रै नभई आफ्नी नातिनीको वार्षिक समारोहमा अमिताभ बच्चन पनि सँगै देखिएका थिए । यसैबीच आराध्याको स्कूल कार्यक्रममा पनि बच्चन बुहारी र छोरा फेरि एकसाथ देखिए ।

वास्तवमा ऐश्वर्या राय र अभिषेक बच्चनबीच केही पनि राम्रो नभएको र सम्बन्धविच्छेद गरेर यो जोडी अलग हुने हल्ला लामो समयदेखि चलिरहेको थियो । यस्तो हल्ला पहिलो पटक बाहिर नआए पनि लामो समयदेखि यस्तै कुराहरु भइरहेका थिए । जोडीको भिडियो सार्वजनिक हुने बित्तिकै सबैले झूटो अफवाहको जवाफ पाएका छन् । 

सामाजिक सञ्जालमा ऐश्वर्या राय र अभिषेक बच्चनको नयाँ भिडियो सार्वजनिक भएपछि उनीहरुका फ्यानहरु पनि खुशी भएका छन । ती भिडियोहरुमा ऐश्वर्याकी आमा अर्थात् आराध्याकी हजुरआमा पनि नातिनीको वार्षिक समारोहमा सहभागी भएकी छिन् । यस क्रममा ऐश्वर्या आफ्नी आमासँग देखिएकी थिइन् । भिडियोमा अभिषेक बच्चन पनि देखिएका छन् ।

समय समयमा ऐश्वर्या र अभिषेकको विछोडको चर्चा सुन्ने गर्दथ्यो । तर अब यी भिडियोहरु आएपछि सबैले आफ्नो जवाफ पाएका छन् र अब सबैलाई थाहा भएको छ कि यो जोडीको सबै कुरा ठीक छ । सम्बन्ध बिच्छेद र मनमुटावका हल्ला हल्ला मात्रै हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ