arrow

पहिलो पटक भुटानसँग हारेको नेपाली टोलीको लज्जास्पद प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
u16-nep-bhu-football-24-12-.jpg

काठमाडौँ । नेपाली महिला फुटबल टोलीको उमेर समूहले पहिलो पटक भुटानसँग लज्जास्पद प्रदर्शन गरेको छ । अहिलेसम्म नहारेको नेपाली टोलीले यू–१६ समूहमा घरेलु मैदानमै भुटानसँग लज्जास्पद हार बेहोरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपाल भुटानसँग नेपाल ५–१ को फराकिलो अन्तरले पराजित भएको हो । अहिलेसम्म उमेर समूहमा नेपालले भुटानसँग हार बेहोर्न परेको थिएन ।

नेपालले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल खाएको थियो । दोस्रो हाफमा नेपालले एक गोल गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ