arrow

घरेलु मैदानमै लेगनेससँग बार्सा हार्दा एथलेटिको र रियाल मड्रिडलाई फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
leganas-spanish-league.jpg

काठमाडौँ । स्पेनिश लिग ला लिगामा बार्सिलोनाले खराब प्रदर्शन गरेको छ। बार्सिलोना आइतबार राति भएको खेलमा लेगनेससँग १–० गोलले पराजित भएको हो।

लेगनेसका लागि गोन्जालोजले खेलको चार मिनेटमा गरेको गोल नै बार्सिलोनालाई भारी पर्‍यो। लेगनेसविरूद्ध बार्सिलोनाका कुनै खेलाडीले स्कोर गर्न सकेनन् ।

यो हारसँगै बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमाएको छ। लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १८ खेलमा ३८ अंक छ।

बार्सिलोनाको हारले दोस्रो र तेस्रो स्थानमा रहेका एथलेटिको मड्रिड र रियाल मड्रिडलाई प्रत्यक्ष फाइदा भएको छ । एथलेटिकोको १७ खेलमा ३८ तथा रियालको १७ खेलमा ३७ अंक रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ