arrow

रियाल मड्रिड बराबरीमै रोकिँदा बार्सा शीर्षमा कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
real-madrid-24-12-15.jpg

काठमाडौँ ।  स्पेनिश ला लिगा फुटबल अन्तर्गतको खेलमा रियाल मड्रिड बराबरीमा रोकिएको छ। आइतबार बिहान भएको खेलमा मड्रिडलाई रायो भाएकानोले ३–३ बराबरी गोलले रोकेको हो । 

साविक विजेता मड्रिडलाई बराबरीमा रोक्ने क्रममा पहिलो गोल भ्यालेकानोका लोपेजले खेलको ४ मिनेटमा गोल गरेका थिए।

भ्यालेकानोले दोस्रो गोल खेलको ३६ मिनेटमा गरेको थियो। मुमिनको गोलले रियाल २–०ले पछि परेको थियो ।

तर, रियालका भाल्भार्डेले ३९ मिनेट र बेलिंघमले ४५ मिनेटमा गोल गरेर भ्यालेकानोसँग २–२ गोलको बराबरी गराए।

रियालका रोड्रिगोले ५६ मिनेटमा गोल गरेर टिमलाई ३–२ को स्थितिमा ल्याए पनि रियालले जित निकाल्न सकेन।

भालेकानोका पालाजोनले ६४ मिनेटमा गोल थपेर ३–३ को बराबरीमा ल्याए।

बराबरीसँगै रियाल १७ खेलमा ३७ अंकसहित लिगाको दोस्रो स्थानमा छ भने भ्यालेकानो १६ खेलमा २० अंकसहित १३औँ स्थानमा छ।

१७ खेल नै खेलेको बार्सिलोना ३८ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ।

आज एथलेटिको मड्रिड र गेटाफे, डेपोर्टिभो र एथलेटिक क्बल, रियाल सोसिडाड र लस पल्मस तथा भिल्लारियल र रियाल बेटिस भिड्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ