arrow

एनपीएलको सफल टिम जनकपुरलाई टेक्नोले चीन भ्रमणमा लैजाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
npl-janakpur-bolts-logo.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को अहिलेसम्मको सफल टिम जनकपुर बोल्ट्सलाई गोल्ड पार्टनर टेक्नोले चीन भ्रमणमा लैजाने भएको छ । आइतबारको खेलमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेसँगै टेक्नोले जीतको उत्साहलाई अझै उच्च बनाउँदै टीमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाएको हो । 

टेक्नोले जनकपुर बोल्ट्ससँगै विभिन्न अवरोधहरु सामना गरी अवसरहरुको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

आइतबारको खेलमा लुम्बिनी लायन्सले लगातार चौथो हार बेहोर्ने क्रममा जनकपुरसँग एक रनको हार बेहोरेको हो । यो जारी एनपीएलको सबैभन्दा रोमाञ्चक खेल हो । 

योसँगै जनकपुर ४ खेलबाट ८ अंकसहित शीषृ स्थानमा पुगेको छ । सतप्रतिशत खेल्ने अहिलेसम्म बोल्ट्समात्र हो । अब जति बढी खेल जित्छ त्यति नै बढी जितको कीर्तिमान जनकपुरका नाममा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ