के प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाब भएको हो ? यसो भन्छन् मन्त्री पौडेल [भिडियो]
प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रूपमा सफल
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
765
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मनमुटाब नभएको बताएका छन् । उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको बताए । उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गरे ।
उनले गलत प्रचार गर्नेहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु बाहेक अरू केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको उल्लेख गरे । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६,२०१८ र २०२४ मा गर्नुभएको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । उनले भ्रमणबाट नेपालले महत्त्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने बताए ।
उनले भने,‘ प्रधानमन्त्री र मेरोबीचमा दूरी बढेको भन्ने समाचारहरू प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन । प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्त्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालीन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण छ ।’
उनले नीतिगत रूपमा रहेका अन्योल र दुबिधालाई धेरै हदसम्म स्पष्ट गरेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताए । उनले बैङ्कको ब्याजदर सिङ्गल डिजिटमा ल्याउन सफल भएको पनि बताए । उनले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको बताए ।