आमा तिमी लक्ष्मी
सरस्वती
भए जति
सबै भगवानको स्वरुप हौ
आमाले हाम्रा लागि
आफ्ना खुशी
सपनाहरु
सबथोक त्यागेकी छिन्
म सोच्छु
मेरो आमा जति महान् त
यो दुनियाँमा को होला र
मेरी आमाको नजिक आउने ती
दुःख, कष्ट बाफ बनेर उडोस्
ती नकारात्मक सबै
उनको जिन्दगीबाट भागोस्
आमा तिमी यो दुनियाँको सबै
खुशी पाउन योग्य छौ
मेरो भागको खुशी
मेरो आयु
सबै मेरी आमालाई लागोस् ।