arrow

एनपीएलमा जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
npl-jan-pok-81-8-20.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । 

प्रतियोगिताकोे आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । 

त्रिवि कीर्तिपुर मैदानमा १३९ रनको सामान्य चुनौती जनकपुरले १७.१ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

श्रीलंकन खेलाडी लहिरु मिलान्थाले ३२ बलमा ४५ रन बनाएको इनिङ्समा जेम्स नीशमले २० बलमा अविजित रहँदै ४० रन जोडे । त्यसतै आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनायो । 

मार्कस क्रिच्लीले सर्वाधिक ३७ रन बनाएको इनिङ्सलाई सस्तैमा रोक्ने क्रममा ललित राजवंशीले ३१ रन खर्चेर ३ विकेट लिए । 

त्यस्तै जेम्स नीशमले २ विकेट लिए । 

योसँगै जनकपुर लगातार तेस्रो जितसहित शीर्ष स्थानमा रहेको छ । पोखराले भने लगातार दोस्रो खेल हारेर अंकविहीन छ । 

आजको अर्को खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । 

यसअघिका खेल
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ