arrow

लक्ष्मी सनराइज बैङ्कको #डिजिटल डिसेम्बर २०२४ अभियान सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
laxmi-sunrise-digital-december-2024.png

काठमाडौँ। लक्ष्मी सनराइज बैङ्कको डिजिटल बैङ्किङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैटौँ संस्करण -#डिजिटल डिसेम्बर २०२४ अभियान सुरु भएको छ। 'सहजता को नयाँ परिभाषा उपहार सँगै'नाराको साथ यस अभियानले बैङ्कका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिना भरी डिजिटल बैङ्किङ अपनाउन प्रोत्साहन गर्नका लागी विभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गर्ने छ।

यस अभियानमा ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरूको बैङ्किङ अनुभव सरल बनाउनका निम्ति निम्न प्रकारका योजनाहरू रहेका छन्:

बैङ्कका ग्राहकहरूलाई विशेष अफर

  • सरलीकृत कर दाखिला: डिसेम्बर महिना भरी मोबाइल मनी मार्फत आफ्नो प्यान (स्थायी लेखा नम्बर) वा  एनआईडी (राष्ट्रिय परिचयपत्र) को विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकहरूले बैङ्कबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन्। आफ्नो खातामा यसरी प्यान वा एनआईडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन्।
  • सहज बिजुली बिल भुक्तानी: मोबाइल मनी प्रयोगकर्ताहरूले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन्। मोबाइल मनी एपबाटै सो सेवामा आबद्ध भई डिसेम्बर महिना भरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरूले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन्।
  • क्रेडिट कार्डमा विशेष अफर: तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरूले डिसेम्बर महिना भरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन्।

लचिलो वित्तीय समाधान

  • आज किनौँ, भोली तिरौँ (बीएनपीएल): क्रेडिट कार्ड ग्राहकहरूले डिसेम्बर महिना भरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढीको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दीहरूमा विभाजन गर्न सक्नेछन्।
  • अन्तर-बोर्डर भुक्तानी सेवा: लक्ष्मी सनराइज बैङ्कका क्युआर सेवाग्राही व्यवसायीहरू (फोनपे व्यापारीहरू) ले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिना भरी भुक्तानी लिँदा लक्की ड्रद्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन्।

वित्तीय शिक्षा कार्यक्रम
यस अभियानको एक मुख्य भाग "डिजिटल संवाद" पनि रहेको छ। जस अन्तर्गत बैङ्कले अन्य डिजिटल वित्तीय सेवा प्रदायकहरू सँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गर्नेछ। यी कार्यक्रमहरू वित्तीय साक्षरता, डिजिटल बैङ्किङ सुरक्षा र नवीनतम डिजिटल बैङ्किङ सुविधाहरू लगायतका विषयहरूमा केन्द्रित हुनेछन्।

यस्तै चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूको  माध्यमबाट यस अभियानले डिजिटल बैङ्किङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ।

डिजिटल डिसेम्बर २०२४ को अफर तथा अन्य जानकारी बैङ्कको आधिकारिक सामाजिक सञ्जालहरूमा पाउन सकिने बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ