भारतकै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्दै पुष्पा २, एउटै टिकटको मूल्य २४ सय
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
890
Shares
मुम्बई । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ः दी रूल’ रिलिज हुन अब तीन दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । सबैजना फिल्म रिलिजको पर्खाइमा छन् तर अब भने फिल्मको रिलिजले दर्शकको खल्तीमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
‘पुष्पा २’ को टिकट महँगो भएकाले जनताले ठूलो रकम तिर्नु पर्ने स्वभाविकै हुन पुगेको छ । चलचित्र ‘पुष्पा २ः दी रूल’ को टिकट मूल्य ह्ववात्तै बढेको छ । वास्तवमा फिल्मको टिकट मूल्य बढाउने कुरा सुनिएको थियो तर सायद २ हजार रुपैयाँ नाघ्छ भन्ने मानिसले सोचेका थिएनन् ।
दिल्ली र मुम्बईका केही थिएटरमा हिन्दीमा यो फिल्म हेर्नका लागि मानिसले २ हजार रुपैयाँभन्दा बढी तिर्नु पर्ने भएको छ । चलचित्रको अग्रिम बुकिङ शुरु भइसकेको भए पनि टिकटको मूल्य वृद्धिले दर्शकको खल्तीमा प्रत्यक्ष असर पारेको छ ।
उल्लेखनीय छ, ‘पुष्पा २ः दी रूल’ लाई लिएर मानिसमा फरक उत्साह छ र फिल्मको बढ्दो मागलाई मध्यनजर गर्दै अधिकांश स्थानमा यसको टिकटको मूल्य प्रिमियम रहेको छ ।
यस मामिलामा दिल्लीको पीभीआर निर्देशकको कट सबैभन्दा अगाडि छ, जहाँ हिन्दी टु डी संस्करणको टिकटको मूल्य २४०० रुपैयाँ तोकिएको छ।
मुम्बईको पीभीआरः जिओ वर्ल्डमा यसको टिकट मूल्य २१ सय रूपैया तोकिएको छ । तर यी प्रिमियम थिएटरहरू हुन्, जहाँ टिकटको मूल्य सामान्यतया नियमित भन्दा बढी हुन्छ।
यो चलचित्र रिलिज हुनुभन्दा अगाडि नै सफल भइसकेको छ । यो फिल्म भारतकै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्ने लगभग निश्चित छ ।