arrow

पहिलो दिन नै पुष्पा २ ले दुई सय करोड कमाउने प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
pushpa-the-rule.jpg

मुम्बई। आगामी डिसेम्बर ५ तारिख बुधबार बाट हलमा रिलिज हुन लागेको हिन्दी चलचित्र ‘पुष्पा २ द रुल’ रिलिज हुन चार दिन बाँकी छ ।

फिल्मले प्रि थिएटरमा रिलिजसँगै एक हजार करोड कमाएको खबर छ । जहाँ पहिलो दिनको ओपनिङ १०० देखि २०० करोड भारु अनुमान गरिएको छ ।

तर अब रिलिज हुनुअघि ओटीटी रिलिजको अपडेट पनि आएको छ, जसका कारण कुन भाषाको ओटीटी प्लेटफर्ममा फिल्म हेर्न सकिनेछ । यो जानकारी दिइएको छ ।

स्ट्रिमिङ अपडेट्सको एक्स पेजमा सेयर गरिएको पोष्टमा यस्तो लेखिएको छ, ‘पुष्पा २ द रुल’ डिजिटल अधिकार नेटफ्लिक्सले थियटर रिलिजपछि अधिग्रहण गरेको छ, तेलुगु, तमिल, कन्नड, मलयालम र हिन्दीमा। यो जानकारीपछि फ्यानले कति दिनपछि आउने हो भनेर सोधिरहेका छन् । यसबारेमा जानकारी अझै दिइएको छैन ।

 ‘पुष्पा २’ का निर्माताहरूले मुम्बईमा एक विशेष कार्यक्रमको आयोजना गरेका बेलामा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको पछिल्लो रिलिजसँग सम्बन्धित जानकारीको बारेमा खुलासा गरिएको थियो कि पुष्पा २ विश्वव्यापी १० हजार स्क्रिनमा नभई १२ हजार स्क्रिनमा रिलिज हुँदैछ। 

जसका कारण १२ हजार स्क्रिनमा रिलिज हुन लागेको ‘पुष्पा २’ यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अपेक्षा गरिएको छ ।

उल्लेखनीय छ, फिल्मको अग्रिम बुकिङ शनिबारबाट शुरु भएको छ । पहिलो दिनको उद्घाटन कलेक्शन कस्तो होला ? जसका कारण अहिले फ्यानहरुको नजर यसमा परिरहेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ