arrow

प्रेम 

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ मंसिर १५ शनिबार
beti-bajcharya-81-8-15.jpg

जीवन्तताभित्र गुम्सिएको व्यथा
किन हुन्छ छताछुल्ल
ऊ होइन सागर
बनि दिन्छ किन यो 
उम्रिने त्यो पानीको खोल्सा जस्तो 
पवित्रता जीवनको स्वीकारोक्ति
माया नै सञ्जीवनी
ऊ सदा आशीर्वाद दिइ नै रहन्छ 
धरती यसरी बाँचिरहेको हुन्छ 
मान्छे बाँचिरहेको हुन्छ 
सागर हुन्छ अनुशासित
प्रत्येक मान्छेभित्र प्रज्ञा पनि 
अनि चोखो माया पनि 
हो यो आशीर्वाद
स्वयं पर्मपिताको ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ