तिमीलाई मेरो प्रेम महसुस गराउन
मैले केसम्म गरिन
तिम्रो सामु म रोइन कि
तिम्रो सामु चिच्याइ कराइ गरिन कि
तिम्रो सामु पागल जस्तो भइन कि
साँच्चै मैले आखिर के गर्नुपर्छ भन त ?
हेर न यो मनले तिमी बाहेक अरु सोच्न सकिरहेकी छैन
तिमी यस्तो किन छौ मैले बुझ्न सकिरहेकी छैन
छोडेर जाउँ त यो मनले मान्दैन
तिमीलाई हेरुँ तिमीले मान्दैनौ
भन न आखिर कहाँ छ मेरो ठाउँ
तिमी आफै भन त म कहाँ जाउँ ?
न तिम्रो सामु आएर बोल्न सकेकी छु
न त कसैलाई भन्न सकेकी छु
खोइ तिमीले कस्तो प्रेम ग¥यौ
मैले बुझाउन सकिन
या तिमीले बुझेर पनि चुप बस्यौ
मैले तिमी तिमी भन्दै हिँडेको धेरै भयो
तर आजसम्म तिम्रो मन जित्न सकिन
तिम्रो प्रेम पाउन
मैले के गर्नुपर्छ भन
न म त्यही गर्छु
तिमी भएनौ भने
प्रिय म त तिम्रो यादहरूले नै मर्छु ।