प्रचण्डले चिनियाँ कार्ड अभिव्यक्तिबारे दिए ओलीलाई प्रष्टीकरण
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
788
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सम्बन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका बारेमा बोलाएको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टीकरण दिएका हुन् ।
‘आफू (प्रचण्ड) ले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै चीन कार्ड खेल्न खोजेको भन्ने आसयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गर्नुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।