arrow

ला लिगामा बार्सा बराबरीमै रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
barcelona-celtavigo-24-11-2.jpg

काठमाडौँ । स्पेनिश लिग ला लिगामा बार्सिलोना बराबरीमै रोकिएको छ । बार्सा सेल्टाभिगोसँग उसकै मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो । 

आजका खेल
आज ओसासुनाले घरेलु मैदानमा भिल्लारियलसँग साँझ ६ः४५ बजे, सेभियाले घरेलु मैदानमा रायो भाएकानोसँग राति ९ बजे र लेगनेसले घरेलु मैदानमा रियाल मड्रिडसँग राति ११ः१५ बजे खेल्नेछ । 

अंक तालिका
१४ खेलबाट बार्सिलोनाको ३४ अंक भएको छ । एथलेटिको मड्रिडको १४ खेलबाट २९ अंक छ । 

त्यस्तै दुई खेल कम खेलेको रियाल मड्रिड २७ अंकसहित तेस्रो स्थानमा रहेको छ । १२ खेलबाट २४ अंक बटुलेको भिल्लारियल चौथो स्थानमा छ । 

गएरातिका अन्य खेलमा गेटाफे, भ्यालेन्सिया, एथलेटिक मड्रिड, गिरोना र मयोर्का विजयी भएका छन् । 

गेटाफेले रियाल भल्लाडोलिडलाई २–० ले, भ्यालेन्सियाले रियाल बेटिसलाई ४–२ ले, एथलेटिको मड्रिडले डेपोर्टिभो एलाभेसलाई २–१ ले, गिरोनाले स्पानियोललाई ४–१ ले तथा मयोर्काले लस पल्मसलाई ३–२ ले हरायो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ