arrow

नौ दिन हिरासतमा बसेको दुई महिना नपुग्दै दुर्गा प्रसाई पक्राउ, तीन कसूरमा मुद्दा चलाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
durga-pasai-arrest-81-8-4t.jpg

काठमाडौँ । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित तीन वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

प्रसाईंविरुद्ध साइबर अपराध, कागजात कीर्ते र मानहानिको कसूरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सीआईबीको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै प्रसाईंले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए।

सो भिडियोमा प्रयोग गरिएको सामग्री नक्कली रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानूनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ । 

प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए । विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए । 

उनी त्यतिबेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ