- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहारको अवसर पारेर नेपाल राष्ट्र बैंकले सुन तथा चाँदीका सिक्का विवरण गरेको छ ।
सुन र चाँदीका सिक्का लिनका लागि ग्राहकको भीड लागेको छ । मंगलबार धनतरेस भएकाले आजको दिन सुन वा चाँदीका सिक्का, वा त्यस्तै किसिमका धातुका गहना वा सामग्री किन्नु शुभ हुने भएकाले ती सिक्का लिनका लागि भीड लागेको छ ।
बबरमहलमा अवस्थित टक्सार विभागमा त बिहानैदेखि भीड छ । उज्यालो नहुँदै बिहान ५ः३० बजेदेखि सुन चाँदीका सिक्का लिनका लागि लाइन लागेको सुरक्षा गार्डले बताएका छन् ।
रष्ट्र बैंकको टक्सार महाशाखाले ती सिक्का बिक्री गरिरहेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ ।