पूर्वी लेबनानमा इजरेली हवाई आक्रमण, ६० जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
1.6k
Shares
काठमाडौँ । पूर्वी बेका उपत्यकामा इजरेली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु हुनुका साथै अन्य ५८ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उपत्यकाका १२ क्षेत्रहरू प्रभावित भएको बताएको छ । तीमध्ये अधिकांश बालबेक क्षेत्रमा छन् । उद्धार प्रयासहरू जारी रहेकाले मृतकको सङ्ख्या प्रारम्भिक रहेको बताइएको छ ।
बालबेकका गभर्नर बाचिर खोडरले लेबनान र इजरेलबीचको द्वन्द्व शुरु भएदेखि नै यस क्षेत्रमा भएको सबैभन्दा हिंसात्मक आक्रमणको निन्दा गरे । सेप्टेम्बर २३ देखि इजरेलले लेबनानमा हवाई आक्रमणलाई तीव्र पारेको छ ।