- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा पटाका बनाउने क्रममा पड्किएर एक किशोर गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो करिब ३ः३० बजे पोखरा महानगरपालिका वडा नं २१ फुर्सेखोला रोइकरेमा सो घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १७ वर्षीय अशिम परियारले आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटी प्रयोग गरी पटाका बनाउने क्रममा अचानक पड्किएको थियो ।
सो घटनामा परियार गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा वडा प्रहरी कार्यालय बैदामको टोली खटिएर अनुसन्धान गरिएको कास्की प्रहरीले जनाएको छ ।