पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सडक भासियो, सडक पूर्णरुपमा अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
828
Shares
परासी । पूर्व–पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ । बर्दघाट नगरपालिका ४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भाँसिएको प्रहरीले जानकारी दिएको छ ।
सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । यातायात अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको जनाएको छ ।