उपत्यकाका खोलाले बाटो बिराउन थाले, करिडोर रोडमा बग्न थाल्यो [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
862
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकामा भारी वर्षा भइरहेको छ । जसका कारण खोलानाला बढेर बाटो बिराउन थालेका छन् । सोही क्रममा काठमाडौँको शंखमूलमा बागमती खोला छेउँ डुबानमा परेको छ । जसका कारण करिडोर रोडमै खोला बग्न थालेको छ ।
जसका कारण बस्तीसमेत डुबानमा परेको छ ।
कठमाडौँ उपत्यका अतिवृष्टिको चपेटामा परेसँगै सडक सुनसान हुन थालेका छन् । यद्यपि अत्यावश्यकीय कामका लागि बाहिर निस्कने पनि उत्तिकै छन् । धेरै ठाउँ डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ ।
केहीलाई बगाएकोसमेत छ । उद्धार र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।