- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी फिल्म शम्भालाको प्रिमियरमा सहभागी हुन नेपाल आएका छन् । मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर आइतबार काठमाडौँमा हुँदैछ ।
जसका लागि सिद्दिकी शनिबार नेपाल आएका हुन् । निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले ‘शम्भाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए ।
त्यस समयमा उनीहरूबीच सँगै काम गर्ने कुराकानी पनि भएको थियो । यसपटक नवाजुद्दिन विशेष अतिथिको रूपमा प्रिमियरमा उपस्थित भएको फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए।
‘शम्भाला बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। हालै यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि बोक्कालिनो डिओरु अवार्ड जितेकी थिइन् ।
फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।