महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल र रेस्टुरेन्ट क्षेत्रसँग विशेष सहकार्य: ग्राहकलाई विशेष छुटको सुविधा
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
522
Shares
काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले "सबल बैंक, सफल सहकार्य" नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि नेपाली जनतालाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले हालै स्वास्थ्य, होटल, र रेस्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग विशेष सम्झौता गरेको छ, जसले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।
यस सम्झौता पश्चात्, महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले सम्बन्धित संस्थाहरूबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको छ।
महालक्ष्मी विकास बैंकले यस किसिमको सहकार्यलाई ग्राहक सेवामा सुधार गर्ने एउटा महत्वपूर्ण कदमका रूपमा लिएको छ। जसले बैंकका सेवाहरूप्रति ग्राहकहरूको विश्वासलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।