मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थलमा सारियो
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
545
Shares
काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका २ मा हिमपहिरो गएको छ । पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।
हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको बताइएको र कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम हुन सक्ने अनुमान गरिएको छ ।