नागढुंगा नजिकै पहिरो, राजमार्ग दुईतर्फी अवरुद्ध [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
830
Shares
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजेदेखि ढुंगा, माटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं–नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।
पहिरो पन्छाउन द्ईतर्फी डोजर तयार रहे पनि पहिरो खसिरहेको हुनाले काम भने शुरु भएको छैन ।
उनले भने, ‘ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुनेछ।'